sevenstartv.com २० वैशाख २०८३, आइतवार

'सत्तामा पुगेपछि कानमा तेल हाल्ने मन्त्रीहरूको आलोचना गर्नुस्'

३२ साउन २०८१, शुक्रवार स्टार संवाददाता

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालमा सुशासनको अभाव रहेको बताएका छन् । आज काठमाडौंमा राष्ट्रिय समाचार समितिको रासस मिडिया संग्रहालय शुभारम्भ गर्दै उनले नेपालीहरुले भोगिरहेको सबैभन्दा ठूलो समस्या सुशासन रहेको बताएका हुन् ।

उनले सरकार नागरिकप्रति उत्तरदायी हुन नसकेको बताए । मन्त्री गुरुङले जम्मा बजेटको ३० प्रतिशत विकास बजेट छुट्याएपनि १५ प्रतिशत मात्रै खर्च हुने कुराले देश बन्न नसक्ने जिकिर गरे । उनले सुशासनको अभावका कारण ठिक ढंगले काम नसक्दा भ्रष्टाचार बढिरहेको धारणा राखे ।

उनले भ्रष्टाचार नियन्त्रण गर्ने दायित्व सरकारको भएको बताउँदै भ्रष्टाचार भइरहने, विचौलियाको बिगबिगी भइरहने, जनताको आशा र अपेक्षाप्रति उत्तरदायी हुन नसक्ने परिस्थिति अन्त्य गर्न जरुरी रहेको बताएका छन् । सत्तामा पुगेपछि कानमा तेल हाल्ने मन्त्रीहरुको आलोचना गरी उनीहरुलाई जनउत्तरदायी बनाउन सञ्चारमाध्यमले भुमिका खेल्नुपर्ने मन्त्री गुरुङले बताए । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्