sevenstartv.com २० वैशाख २०८३, आइतवार

एकीकृत समाजवादीले बाेलायाे केन्द्रीय कमिटी बैठक

३२ साउन २०८१, शुक्रवार स्टार संवाददाता

काठमाडौं । नेकपा एकीकृत समाजवादीले केन्द्रीय कमिटी बैठक बोलाएको छ । बैठक २०८१ भदौ ९, १० र ११ गते बस्नेगरी बोलाइएको जनाइएको छ ।

केन्द्रीय कमिटी सदस्यहरूको शपथ ग्रहण, केन्द्रीय संरचनाहरूको निर्माण र विविध गरी बैठकका तीनवटा एजेण्डा तय भएको छ ।

सो पार्टीको असारमा सम्पन्न १० औँ राष्ट्रिय महाधिवेशनले साउनमा ३४४ सदस्यीय केन्द्रीय कमिटी निर्माण गरेको थियो । पदाधिकारी, स्थायी कमिटी र पोलिटब्युरो गठन गर्न बाँकी नै रहेको छ ।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्