अनुचित मूल्य वृद्धि गर्नेमाथि कारबाही गर्ने महानिर्देशक दाहालको चेतावनी
व्यवसायीले सिमेन्ट र डन्डीको मूल्य वृद्धिको औचित्य पुष्टि गर्नुपर्नेमा जोड
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक कुमारप्रसाद दाहालले बजारमा बिना लेवलका उत्पादन बिक्री वितरण भइरहेको बताएका छन् ।
बुधबार विभागमा पत्रकार सम्मेलन गरेर उनले अनुगमनका क्रममा उपभोक्ता संरक्षण ऐनविरुद्ध हुने गरी बिना लेवलका उत्पादन बजारमा बिक्री वितरण भइरहेको पाइएको बताएका हुन् । उनले सिमेन्ट र डन्डीको मूल्य वृद्धि भएको भन्ने उपभोक्ताको गुनासोपछि उत्पादक र व्यवसायीसँग छलफल गरिएको बताए ।
उत्पादित वस्तुको मूल्य वृद्धि हुनाको औचित्य पुष्टि गर्न उत्पादक र व्यवसायीलाई निर्देशन दिएको उनको भनाइ छ । उनले उत्पादनमा अधिकत्तम खुद्रा मूल्य र वस्तुको गुणस्तर प्रष्ट रुपमा लेख्नुपर्ने कानुनी व्यवस्था विपरित उत्पादक र व्यवसायीले कानूनको बर्खिलाप गरेको बताए ।
