राष्ट्रिय सभामा पनि कुलमानबारे प्रधानमन्त्रीको जवाफ माग
काठमाडौं । विपक्षी दलहरूले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएकोबारे राष्ट्रिय सभामा पनि प्रधानमन्त्रीको जवाफ माग गरेका छन् ।
दिउँसो सवा १ बजे बैठक सुरु भएलगत्तै विपक्षी दलहरूले उठेर विरोध गरे । त्यसपछि सभाध्यक्ष नारायण दाहालले माओवादी केन्द्रका सांसद् गोपीबहादुर अछामी सार्कीलाई बोल्न समय दिए ।
उनले सरकारले पुरस्कृत गर्नुपर्ने घिसिङलाई दण्डित गरिएको भन्दै आपत्ति जनाए । प्रधानमन्त्रीको जवाफ नआएसम्म सदन चल्न नदिने उनीहरूको अडान छ ।
