sevenstartv.com २० वैशाख २०८३, आइतवार

नागरिक उड्डयन प्राधिकरणलाई विभाजन गर्न लागेको भन्दै प्राधिकरणमा कर्मचारीको विरोध

१३ चैत २०८१, बुधवार स्टार संवाददाता

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणलाई विभाजन गर्ने कानुन ल्याउन लागिएको भन्दै  प्राधिकरणमा कार्यरत कर्मचारीहरूका संगठनले विरोध जनाएका छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ र नेपाल हवाई सेवा प्राधिकरण विधेयक २०८१ तुरुन्त फिर्ता गर्नुपर्ने माग राख्दै आधिकारिक ट्रेड युनियन प्राधिकरणले कार्यालयमा धर्ना दिएका हुन् । 

उनीहरूले हवाई क्षेत्रमाथि निजीकरण गर्न लागिएको भन्दै विरोध जनाएका छन् । दुई विधेयक देशको हितमा नरहेको भन्दै विरोध गरिएको जनाइएको छ ।   सरोकारवालासँग कुनै छलफल नगरी ल्याइएको भन्दै विधेयक फिर्ता नभएसम्म निरन्तर आन्दोलन गरिने बताइएको् छ  ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्