प्रतिनिधिसभाकाे बैठक ३० मिनेटका लागि स्थगित
काठमाडाैं । विपक्षी दलहरूले अवरोध गरेपछि प्रतिनिधिसभाकाे बैठक ३० मिनेटका लागि स्थगित भएको छ । विपक्षी दलहरुले संसद अवरोध गरेपछि सभामुख देवराज घिमिरेले आधा घण्टाका लागि बैठक स्थगित गरेका हुन् ।
सरकारले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाएको विरोधमा आज संसद अवरोध गरेका हुन् ।
