शीर्ष नेताहरूको छलफल सुरु
काठमाडौं । सिंहदरबारमा शीर्ष नेताहरूबीचको छलफल सुरु भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहतिका शीर्ष नेताहरू छलफलमा जुटेका हुन् ।
उनीहरूबीच संक्रमणकालीन न्यायको विषयमा मुख्य छलफल हुने जनाइएको छ । छलफलमा गृहमन्त्री रमेश लेखक, नेकपा माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेत लगायत सहभागी छन् ।
