अरू पार्टीसँग नमिले बहुमत आउँदैन : देउवा
संवैधानिक व्यवस्था नबदलेसम्म एकल बहुमत सम्भव नभएको तर्क
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बहुमत ल्याउन कुनै न कुनै पार्टीसँग मिल्नु पर्ने बाध्यता रहेको बताएका छन् ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा बुधबार आयोजित कार्यक्रममा सभापति देउवाले संविधानमा रहेको व्यवस्थाका कारण कुनै एक दलले बहुमत ल्याउन नसक्ने बताएका हुन् ।
संविधानको यही व्यवस्थाको कारण धेरै मिहिनेत गर्दा पनि कांग्रेसले बहुमत ल्याउन नसकेको उहाँको भनाइ छ । कुनै पनि पार्टीको बहुमत आउन सक्ने अवस्था नभएकाले कसैसँग गठबन्धन गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ ।
