sevenstartv.com २० वैशाख २०८३, आइतवार

लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था असफल भइसक्यो : सांसद् धवलशमशेर राणा

४ चैत २०८१, सोमवार स्टार संवाददाता

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद् धवलशमशेर राणाले लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था पूर्ण रूपमा असफल भइसकेकाले सनातन हिन्दु राज्यमा मुलुकलाई फकाउनुपर्ने बताएका छन् । 

सोमबारको प्रतिनिधिसभाको बैठकमा सांसद् राणाले अहिले आम नागरिकले सनातन हिन्दु राज्य चाहेको बताएका हुन् । 

उनले भने, ‘देशमा परिवर्तनको हावा चलिसक्यो । देश पूर्णरुपमा असफल भइसक्यो । देशमा जनताले सनातन हिन्दु राज्य चाहेका छन् । त्यसैतर्फ जाउँ । असफल भएको गणतन्त्र हटाउँ ।’

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्