प्रतिनिधिसभाको बैठक बस्दै
काठमाठौं । प्रतिनिधिसभाको बैठक बस्ने भएको छ । बैठक बिहान ११ बजे बैठक बस्नेछ ।
बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।
उपप्रधानमन्त्री पौडेलले नै ‘निजीकरण (पहिलो संशोधन) विधेयक २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव गर्नेछन् ।
यसैगरी ‘आर्थिक तथा व्यवसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।
