sevenstartv.com २० वैशाख २०८३, आइतवार

सहुलियतपूर्ण ऋण लिन प्रारम्भिक छनोटमा परेका कम्पनीको स्टार्टअप उद्यम कर्जाको प्रस्तुतीकरण जारी

चैतभित्रै सिफारिस हुने

१ चैत २०८१, शुक्रवार स्टार संवाददाता

काठमाडौं । सरकारले सहुलियतपूर्ण ऋण लिन प्रारम्भिक छनोटमा परेका कम्पनीको व्यावसायिक योजनाको प्रस्तुतीकरण लिइरहेको छ ।  उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले प्रस्तुतीकरण लिइरहेको छ । 

चैत ११ गतेसम्म प्रस्तुतीकरण लिइने औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले जनाएको छ । स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि, २०८१ अनुसार सहुलियतपूर्ण ऋण उपलब्ध गराउन एक हजार ३१४ कम्पनी प्रारम्भिक छनोट सूचीमा परेका थिए । तिनै कम्पनीले हाल प्रतिष्ठानमा प्रस्तुतीकरण दिइरहेका छन् । प्रतिष्ठानका सूचना अधिकारी मणिराम गौतमले चैत ११ गतेसम्म प्रस्तुतीकरण चल्ने जानकारी दिए । 

प्रस्तुतीकरणपछि ऋण उपलब्ध गराउने राष्ट्रिय वाणिज्य बैंकले ती कम्पनीको आर्थिक अवस्था, सम्पत्ति, व्यवसायिक रणनीति र भुक्तानीफिर्ता गर्न सक्ने÷नसक्ने अवस्थाको विश्लेषण गर्छ । बैंकले त्यस आधारमा रेटिङ गरेपछि अन्त्यमा प्रतिष्ठानले सिफारिस गर्नेछ । चैतभित्र सबै प्रक्रिया सकिएर ऋण प्राप्त गर्न सक्षम कम्पनीको सूची तयार भएर सिफारिस भइसक्ने प्रतिष्ठानका सूचना अधिकारी गौतमले बताएका छन् । 

सरकारले तीन प्रतिशत ब्याजदरमा २५ लाख रुपैयाँसम्म ऋण दिनेछ । यस ऋणका निम्ति अनलाइन र भौतिकरूपमा गरी पाँच हजार १५८ कम्पनीले प्रस्ताव आवेदन पेस गरेका थिए । तीमध्ये एक हजार ३१४ कम्पनी प्रारम्भिक छनोटमा परेका हुन् । प्रतिष्ठानले गएको पुस २८ गतेदेखि प्रस्तुतीकरण लिन थालेको थियो ।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्