नेकपा एकीकृत समाजवादीका आन्दोलनका कार्यक्रम सार्वजनिक
चैत २ देखि मातहत कमिटीमा छलफल गरी सुझाव संकलन गरिने
काठमाडौं । नेकपा एकीकृत समाजवादीले जनसरोकारका सवालमा शनिबारदेखि मातहत कमिटीहरुमा छलफल गर्ने भएको छ ।
आन्दोलन राजनीतिलाई सत्ताको खेल वा आगामी निर्वाचनको जोड घटाउबाट मुक्त गर्न थालिएको आन्दोलन भएको पार्टीका महासचिव घनश्याम भुसालले बताए । उनले चैत ७ देखि १५ गतेसम्म केन्द्रिय तहमा विभिन्न क्षेत्रका संघसंगठन तथा व्यक्तिसँग संवाद तथा सुझाव संकलन गर्ने बताएका छन् ।
उनले चैत २० गते सरकारलाई ज्ञापनपत्र बुझाउने, चैत्र मसान्तसम्म प्रदेश र जिल्ला तहमा सार्वजनिक संवाद तथा सुझाव संकलन गर्ने, वैशाख ५ गते प्रदेश सरकार र जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र पेश गर्ने कार्यक्रम रहेको बताए ।
वैशाख १५ गतेसम्म पालिका र वडा तहमा सार्वजनिक संवाद तथा सुझाव संकलन गर्ने र वैशाख १९ देखि २२ सम्म पालिका र वडा कार्यालयहरुमा ज्ञापन पत्र पेश गर्ने र वैशाख २५ गते दोस्रो चरणको कार्यक्रम सार्वजनिक आन्दोलनको कार्यक्रम गर्ने घोषणा गरेको बताइएको छ ।
