शंकरदेव क्याम्पसमा तालाबन्दी
काठमाडौं । आसन्न चैत्र ५ गते हुने स्ववियु निर्वाचनको विषयमा शंकरदेव क्याम्पसमा स्ववियु सभापतिले स्ववियुको कोष दुरुपयोग गरि भर्ना गरेको विषय निकालेर एमाले निकट अनेरास्ववियुले तालाबन्दी गरेको छ ।
स्ववियुले गरिब, पिछडिएका, अपाङ्ग तथा जेहनदार विद्यार्थीको नाममा रहेको कोषबाट स्ववियु सभापतिले चार सयभन्दा बढि विद्यार्थीको भर्ना गरिएको विषय उठेपछि अनेरास्ववियुले तालाबन्दी गरेको हो ।
शंकरदेव क्याम्पस स्ववियु निर्वाचन अधिकृत धूर्व सुवेदीले असामान्य परिस्थिति उत्पन्न भएकोले अर्को सूचना नआएसम्म स्ववियु चुनाव स्थगित भएको सूचना निकालेका छन् ।
