sevenstartv.com २० वैशाख २०८३, आइतवार

माओवादीमा लागेको रोगको उपचार गर्ने ठाउँ नभएकाले फेरि जनतामा आएको अध्यक्ष दाहालको दाबी

सरकार नै भ्रष्टचारीको संरक्षक भएको जिकिर

२८ फागुन २०८१, बुधवार स्टार संवाददाता

काठमाडौं ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कांग्रेस र एमालेको रोग माओवादीमा पनि लागेकाले उपचारका लागि जनतामा गएको बताका छन् ।

बुधबार बुटवलमा आयोजित मगर राष्ट्रिय मुक्ति मोर्चा नेपालको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले पार्टीमा लागेको रोगको उपचार गर्न आफू जनताबिच गएको बताएका हुन् । कांग्रेस र एमालेसँग समीकरण गर्दा उनीहरूको रोग अलिअलि माओवादीमा सरेको उनको भनाइ छ । 

अहिलेको सरकार राम्रो गर्नेलाई देखि नसक्ने र आफ्ना मान्छे जतिसुकै भ्रष्टाचारी भए पनि संरक्षण गर्ने गरेको आरोप उनले लगाए । यस्तै जनताको बलले मिल्किसकेको प्रतिगामी शक्तिले फेरि सडकमा देखिएकाले काठमाडौंबाट चुनौती दिन केही दिनका लागि अभियान स्थगित गरेको अध्यक्ष दाहालको दाबी छ । 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्