वर्तमान सरकार उदाउँदै गरेका नयाँ आवाजहरूलाई दमन गर्नतिर अग्रसर भएको सांसद् गौतमकाे आरोप
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सांसद् सोविता गौतमले वर्तमान सरकार उदाउँदै गरेका नयाँ आवाजहरूलाई दमन गर्नतिर अग्रसर भएको आरोप लगाएकी छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा सांसद् गौतमले सरकार नियन्त्रणमुखी बाटोमा गइरहेको जिकिर गरेकी हुन् ।
‘सरकार नियन्त्रणमुखी बाटोमा गइरहेको छ। म देख्छु, सरकार अत्यधिक सतर्क, असहिष्णु र उदाउँदै गरेका नयाँ आवाजहरूलाई दमन गर्न उद्यत छ,’ सांसद गौतमले भनिन् , सरकारले जनविश्वास गुमाइसकेको र गम्भीर संकटमा रहेको बताउँदै उनले यो संकट सरकार आफैंले निम्त्याएको हो ।’
त्यस्तै, सरकारले कानुनलाई प्रतिशोधको तरबार बनाएको बताइन् ।
