sevenstartv.com २० वैशाख २०८३, आइतवार

नेवार समुदायको चिहानको जग्गा कांग्रेसका नेताले हडपेको सांसद् खनालकाे आरोप

२८ फागुन २०८१, बुधवार स्टार संवाददाता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद् शिशिर खनालले काठमाडौंको तारकेश्वर–९ स्थिति लोकतान्त्रिक चोकमा हरेको नेवार समुदायको चिहानको जग्गा नेपाली कांग्रेसका नेताले हडपेको आरोप लगाएका छन् । 

बुधबार प्रतिनिधिसभाको बैठकमा उनले तारकेश्वर-९ स्थिति लोकतान्त्रिक चोक कब्जामा लिई भोगचलन गरेको आरोप लगाएका हुन् । 

उनले भने, ‘काठमाडौँ क्षेत्र नं. ६ मा पर्ने तारकेश्वर- ९ को लोकतान्त्रिक चोकमा रहेको नेवार समुदायको चिहान रहेको जग्गा, नेपाल सरकारको नाममा रहेको जग्गा कित्ता नं. ६२र६३ नेपाली कांग्रेसका नेताले कब्जामा लिई भोगचलन गर्दै आइरहेको र स्थानीयवासीको गुनासो र उजुरीको बाबजुद स्थानीय निकायले उक्त जग्गा संरक्षणमा ल्याउन कुनै पहल नगरेको आम गुनासो छ ।’

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्