sevenstartv.com २० वैशाख २०८३, आइतवार

प्रतिनिधिसभा बैठक स्थगित

२८ फागुन २०८१, बुधवार स्टार संवाददाता

काठमाडौं । नेकपा माओवादी केन्द्रले बैठकमा सरकारका प्रतिनिधि नभएको भन्दै आपत्ति जनाएपछि प्रतिनिधिसभाको बैठक सुरु नहुँदै स्थगित भएको छ । 

माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले सभामुख देवराज घिमिरेले बैठक सुरु भयो भन्ने वित्तिकै सरकारका प्रतिनिधि बैठकमा उपस्थित नभएको भन्दै आपत्ति जनाएका थिए ।

त्यसपछि सभामुख घिमिरेले नियमावलीमा भएको व्यवस्थाअनुरुप सरकारको प्रतिनिधि अनिवार्य उपस्थित हुनुपर्ने भन्दै बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन् ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्