समस्या सडकमा नभएर सरकारमा छ : लेखनाथ दाहाल
काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद् लेखनाथ दाहालले समस्या सडकमा नभएर सरकारमा रहेको बताएका छन् ।
मंगलबार प्रतिनिधिसभाको बैठकमा दाहालले जनताले संघीय लोकतान्त्रिक गणतन्त्रमाथि जनताले प्रश्न नउठाएको बरु सरकारप्रति जनता आक्रोशित बनेको बताएका हुन् ।
‘यतिवेला समस्या सडकमा हो कि सरकार समस्या हो ? गम्भीर बहस गर्नुपर्ने हुन्छ । समस्या कहाँनेर छ ? ’, दाहालले भने, ‘अहिले जनताले व्यवस्थामाथि प्रश्न उठाएका होइनन्, छैनन् । तर मुख्य प्रश्न सरकारमा रहेको बताएका छन् ।’
दाहालले सरकार जनताप्रति उत्तरदायी र जिम्मेवार बन्न नसकेको भन्दै आक्रोशित जनता कहिलेकाहीँ देखाइ दिउन् त भनेर सडकमा पुग्ने गरेको बताए ।
