sevenstartv.com २० वैशाख २०८३, आइतवार

लोकतन्त्र प्राप्तिमा सहकार्य गरेका शक्तिहरूबीच हातेमालो गर्न जरुरी छ : गोकर्ण विष्ट

२७ फागुन २०८१, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । नेकपा एमालेका सचिव गोकर्ण विष्टले लोकतन्त्र प्राप्तिमा सहकार्य गरेका शक्तिहरूबीच हातेमालो गर्न जरुरी रहेको बताएका छन् । 

मंगलबारको प्रतिनिधिसभा बैठकमा विष्टले लोकतन्त्र नचाहने शक्तिहरूले पूर्व राजा फर्काउने प्रयास भइरहेको भन्दै लोकतन्त्र पक्षधरबीच सहकार्य र हातेमालो गर्न जरुरी रहेको बताएका हुन् । 

उनले भने, ‘विरोध गर्ने अधिकार र चेत पनि लोकतन्त्रबाटै प्राप्त भएको छ । लोकतन्त्रभित्रै लोकतन्त्रको विरोध गर्ने प्रवृत्ति पनि देखा परेका छन् । लोकतन्त्र प्राप्तिमा सहकार्य गरेका शक्तिहरू गम्भीरतासाथ हातेमालो गर्न जरुरी छ ।’

विष्टले  लोकतन्त्रकै कारण जनता सार्वभौम भएको भन्दै लोकतन्त्रविना जनता स्वतन्त्र र आत्मसम्मान प्राप्त भएको बताए । 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्