राजावादी सडकमा आउनुको कारणमा सरकार मात्रै दोषी छैन् : गगन थापा
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राजावादी सडकमा आउनुको कारणमा सबै सरकार मात्रै दोषी नभएको बताएका छन् । मंगलबारको प्रतिनिधिसभाको बैठकमा उनले यस्तो बताएका हुन् ।
आफू हुँदा मात्रै सबै म ठिक, तर आफू बाहिरिएपछि सबै बेठिक भयो भन्ने हाँस्यास्पद कुरा नगर्न उनले प्रचण्डलाई सुझाए । उनले प्रचण्डलाई जवाफ दिँदै सबै आरोप सरकारलाई मात्रै लगाएर नपन्छिन आग्रह गरेका छन् ।
‘सबै गलत हुन्छ भन्दा मान्छेमा कस्तो प्रभाव पर्छ । प्रतिपक्षले प्रश्न गर्ने हो तर यसरी पनि नगरौँ कि समस्यालाई बढाइ चढाइ नगरौँ’, उनले भने, ‘म हुँदा ठिक थियो म नहुँदा गयो, सबै बिग्रियो भन्नु राम्रो होइन । आफूले त्यसो भन्दा अर्कोले पत्याएको भन्ने लाग्छ रु हामी सबै त्यस्तै छौँ । सबैले गल्ती गरेका छौँ । आत्मालोचना गरौँ ।’
