sevenstartv.com २० वैशाख २०८३, आइतवार

प्रचण्ड संसदमा बोल्दा प्रधानमन्त्री उपस्थित नहुने

२७ फागुन २०८१, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार संसदमा सम्बोधन गर्दा प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित रहने भएका छन् ।

प्रधानमन्त्री ओली विराटनगर जाने कार्यक्रम भएकाले भएकाले प्रचण्ड बोल्दा प्रतिनिधिसभामा अनुपस्थित रहनेछन् । प्रधानमन्त्री ओली कोशी प्रदेश सभालाई सम्बोधन गर्न र पूर्वाञ्चल विश्वविद्यालयको दीक्षान्त समारोहलाई सम्बोधन गर्न विराटनगर जाँदै छन् ।

यसअघि गत २४ माघमा पनि प्रचण्डले प्रतिनिधिसभामा सम्बोधन गर्दा प्रधानमन्त्री ओली उपस्थित थिएनन् । त्यतिबेला प्रचण्डले प्रधानमन्त्री ओलीको खोजी गरेका थिए । 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्