मंगलबारको संसद बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता दाहालले सम्बोधन गर्ने
संसद्बाट स्वीकृत भएका पाँच वटा अध्यादेशसम्बन्धी प्रतिस्थापन विधेयक पेस गर्ने कार्यसूची
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भोलि मंगलबार बस्ने प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने भएका छन् ।
सोमबार सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख सचेतकहरूको बैठकमा यसबारे छलफल भएको थियो ।
माओवादी अध्यक्ष दाहालले समय मागेकाले भोलि बस्ने बैठकमा सयम निर्धारण गरिएको नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए ।
