वित्तीय क्षेत्रका श्रम ऐन लागू नहुने सर्वोच्च अदालतको निर्णयप्रति नेपाल ट्रेड युनियन कांग्रेसको आपत्ति
फैसला सच्याएर ऐन संशोधन गर्न माग
काठमाडौं । नेपाल ट्रेड युनियन कांग्रेसले सर्वोच्च अदालतले वित्तीय क्षेत्रमा श्रम ऐन लागू नहुने भनेर गरेको निर्णयप्रति आपत्ति जनाएको छ ।
ट्रेड युनियन कांग्रेसको फागुन २१ र २२ गते भएको राष्ट्रिय परिषद बैठकले गरेको विभिन्न निर्णय जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष योगेन्द्र कुँवरले श्रम क्षेत्रका अत्यावश्यक सेवा तथा विशेष ऐनद्वारा सञ्चालित क्षेत्रमा श्रम ऐन लागू नहुने सर्वोच्च अदालतको निर्णय अदालतको सम्मान गर्दै अस्वीकार गरिएको बताएका हुन् ।
उनले सर्वोच्चले गरेको फैसला सच्याएर संशोधन गर्नुपर्ने बताए । उनले सर्वोच्चको निर्णयमा नेपालको ट्रेड युनियन आन्दोलनलाई कमजोर बनाउने तथा श्रम अधिकार खोस्ने नियत रहेको दाबी गरेका छन् ।
