माओवादी केन्द्रले बाेलायाे पदाधिकारी बैठक
काठमाडौं । नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ । बैठक सोमबार बिहान बस्ने गरी बोलाएको हो ।
बैठकमा समसामयिक राजनीतिक घटनाहरूको विषयमा छलफल हुने छ । आइतबार तराई(मधेस जागरण अभियान रोकेर माओवादी नेताहरू काठमाडौं फर्कँदै छन् ।
काठमाडौंमा पूर्व राजा ज्ञानेन्द्र शाहका समर्थक, राप्रपा र राजावादीहरूले शक्ति प्रदर्शन बढाएपछि माओवादीले अभियान स्थगित गरेको हो । राष्ट्रिय राजनीतिमा तरंग फैलाएर प्रदर्शन हुन थालेपछि माओवादी नेताहरू अभियान स्थगित गरेर फर्किएका हुन् ।
