sevenstartv.com २० वैशाख २०८३, आइतवार

नेपालमा उदार लोकतन्त्र भएर पूर्वराजालाई छाडेको सञ्चारमन्त्री गुरुङको भनाई

राजाले देश बचाउँछन् भन्नेले भ्रम सिर्जना गरेको टिप्पणी

२३ फागुन २०८१, शुक्रवार स्टार संवाददाता

काठमाडौं । सञ्चार मन्त्री पृथ्वीसुब्बा गुरूङले उदार लोकतन्त्र भएको नेपालमा पूर्वराजालाई सुरक्षाको प्रबन्धसमेत गरेर राखिएको बताएका छन् । 

अन्यत्र भए व्यवस्था बदलिएपछि सम्पत्ति हरण गरी जेलमा राख्ने इतिहास भएको उनको भनाइ छ । पूर्वराजा ज्ञानेन्द्र शाहलाई लक्षित गर्दै मन्त्री गुरूङले राजनीतिक दलहरूमाथि कटाक्ष गर्दै फेरि फर्कन्छु भन्ने हर्कत गर्नु आफ्नो हैसियत भुलेको हुने टिप्पणी गरे । 

उनले राजा आऊ, देश बचाऊ भन्नेहरू नै देश बिगार्न लागेकोआरोप लगाए ।  

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्