४६ सालदेखि अहिलेसम्म पदमा पुगेका सबैको सम्पत्ति छानबिन गर्न सांसद् आचार्यकाे माग
काठमाडौं । नेकपा एमालेका सांसद् नारायणप्रसाद आचार्यले २०४६ सालमा भएको परिवर्तनपछि सरकारी निकायमा पुगेका सबैको सम्पत्ति छानबिन गर्न माग गरेका छन् ।
शुक्रबारको प्रतिनिधिसभाको बैठकमा उनले आचार्यले २०४६ सालपछिका जनप्रतिनिधिको मात्रै सम्पत्ति छानबिन गर्नुपर्ने कुरा उठेको भन्दै जनप्रतिनिधिको मात्रै होइन राज्यका निकायमा पुगेका सबैको सम्पत्ति छानबिन गर्नुपर्ने बताएका हुन् ।
