sevenstartv.com २० वैशाख २०८३, आइतवार

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय घूस सङ्कलन गर्ने अड्डा बनेको सांसद् अर्यालकाे आरोप

२३ फागुन २०८१, शुक्रवार स्टार संवाददाता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद् डोलप्रसाद अर्यालले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय घूस सङ्कलन गर्ने अड्डा बनेको आरोप लगाएका छन् ।

शुक्रबारको प्रतिनिधिसभा बैठकमा उनले मन्तालय अन्तर्गतको ताहाचल श्रम कार्यालयमा प्रतिदिन ७५ लाख घूस सङ्कलन हुने जानकारी भए पनि मन्त्रीले र वैदेशिक रोजगार विभागका महाप्रबन्धकले कुनै वास्ता नगरेको बताएका हुन् ।

‘श्रम मन्त्रालय घूसको अड्डा बनेको छ,’ सांसद अर्यालले भने, ‘ताहाचल कार्यालयमा प्रतिदिन ७५ लाख घूस सङ्कलन हुने र डिजी र मन्त्रीसम्म पुग्ने जानकारी हामीले पटक-पटक गराए पनि त्यो कार्य रोकिएको छैन ।’

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्