sevenstartv.com २० वैशाख २०८३, आइतवार

स्वास्थ्य सचिव नियुक्तिमा सांसद् कार्कीले मागिन् प्रधानमन्त्री र स्वास्थ्य मन्त्रीको जवाफ

२३ फागुन २०८१, शुक्रवार स्टार संवाददाता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद् डा. तोसिमा कार्कीले सिनियर अतिरिक्त सचिव भएर पनि स्वास्थ्य मन्त्रालयको सचिव नबनाएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओली र स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलसँग जवाफ मागेकी छन् । 

शुक्रबारको प्रतिनिधिसभाको बैठकमा सांसद् कार्कीले पुरुष मन्त्रीले महिला सचिवसँग काम गर्न नसक्ने हो भन्दै प्रश्न गरिन् । 

उनले भनिन्,‘पुरुष मन्त्रीले महिला सचिवसँग काम गर्न नसक्ने हो, किन सिनियर भएर पनि सङ्गीता कौशल मित्रलाई सचिव बनाइएन ।’ उनले महिलालाई सङ्ख्या पुर्याउनमात्र सांसद बनाइने गरिएको बताइन् ।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्