कुलमानलाई कार्यसम्पादन मूल्यांकनमा सहभागी नभएकाले शुन्य अंक दिएको उर्जामन्त्री खड्काको दाबी
सरकारसँग भएको सम्झौताको बेवास्ता गरेको आरोप
काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ कार्यसम्पादन मूल्यांकनमा सहभागी नभएकाले शुन्य अंक दिएको बताएका छन् ।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा उठेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री खड्काले विद्यार्थी जाँचमै सहभागि भएन भने उसले कति नम्बर प्राप्त गर्छ रु भन्दै प्रतिप्रश्न गरेका हुन् ।
उनले कार्यकारी निर्देशक घिसिङले तोकिएको समयभित्र कार्यसम्पादन नबुझाएर सरकारसँग भएको सम्झौताको बेवास्ता गरेको आरोप लगाए । उनले कोही पनि संविधानभन्दा माथि नहुने भन्दै सबैले कानूनको पालना गर्नुपर्ने उल्लेख गरे ।
घिसिङले सरकारलाई नटेर्ने, नचिन्ने भएको कारण शून्य नम्बर दिइएको बताएका छन् ।
