मानव अधिकारको रक्षाका लागि सरकार कटिबद्ध रहेको प्रधानमन्त्री ओलीको तर्क
राजतन्त्र ब्युँताउने कुरा गर्नु स्वीकार्य नभएको जिकिर
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मानव अधिकारको रक्षा र संविधानको मौलिक हकहरुको कार्यान्वयनका लागि सरकार कटिबद्ध रहेको बताएका छन् ।
मानव अधिकार रक्षकहरूको पाँचौँ राष्ट्रिय सम्मेलन उख्घाटन गर्दै प्रधानमन्त्री ओलीले मानव अधिकारका लागि आन्दोलन गर्ने दुई ठूला दलको सहभागितामा अहिलेको सरकार बनेकाले यसले मानव अधिकारको उल्लंघन हुन नदिन र कानुनी शासनको पालना गर्नमा विशेष महत्व दिने स्पष्ट पारेका हुन् ।
नेकपा एमालेका अध्यक्षसमेत रहेका ओलीले लोकतन्त्र प्राप्तिका लागि भएका विभिन्न आन्दोलनका सहिदहरूको त्याग र बलिदानबाट आज मुलुकमा मानव अधिकार सुनिश्चितताको स्थिति भएको उल्लेख गरे ।
