sevenstartv.com २० वैशाख २०८३, आइतवार

सरकारले बुधबार बस्ने प्रतिनिधिसभाको बैठकमा ५ वटा अध्यादेश पेस गर्ने

२० फागुन २०८१, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । सरकारले बुधबार बस्ने प्रतिनिधिसभाको बैठकमा ५ वटा अध्यादेश पेस गर्ने भएको छ ।

माघ २ गते राष्ट्रपति रामचन्द्र पौडेलले जारी गरेको भूमिसम्बन्धी अध्यादेश भने तत्काल अघि नबढाइने भएको छ । भूमिबाहेक ५ वटा अध्यादेश दुवै सदनमा पेस गर्ने सहमति भएको जनाइएको छ । 

सरकारले सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व पहिलो संशोधन अध्यादेश, निजीकरण पहिलो संशोधन अध्यादेश, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश संसद्‍मा पेस गर्न लागेको हो ।

प्रतिपक्षी दलहरूले संसद छलेर सरकारले अध्यादेश ल्याएको भन्दै प्रश्न उठाइरहेका थिए । यी सबै अध्यादेश संसद अधिवेशन सुरू भएको ६० दिनभित्र पारित गर्नुपर्ने कानुनी व्यवस्था छ । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्