sevenstartv.com १९ वैशाख २०८३, शनिवार

रविलाई आज पनि अदालत लगिँदै

११ पुष २०८१, बिहिवार स्टार संवाददाता

काठमाडौं । पोखरास्थित सूर्यदर्शन सहकारी ठगीमा पक्राउ परेका प्रतिवादीहरुको बयान आज पनि जारी रहने भएको छ । 

हिजो सार्वजनिक बिदा परेकाले बयान भएको थिएन। कास्की जिल्ला अदालतमा गत शुक्रबार र आइतबार ६३ जनाविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा मुद्दा दायर गरिएको थियो । 

न्यायाधीश नीतिज राईको इजलासमा सोमबारदेखि प्रतिवादीहरुको बयान सुरु भएको हो । आजसम्म गोर्खा मिडिया नेटवर्कका पूर्वसञ्चालक छविलाल जोशीमा मात्र बयान सकिएको छ । 

मंगलबार प्रतिवादी लिला पछाईंको बयान सुरु भएको थियो। उनको बयान नसकिएकाले आज पनि जारी रहने जनाइएको छ । पछाईपछि कसको बयान हुन्छ भन्ने निश्चित नभएकाले रवि लामिछानेको बयान हुने सम्भावना पनि न्यून रहेको छ । 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्