sevenstartv.com १९ वैशाख २०८३, शनिवार

मुलुकको विकासका लागि कांग्रेसले जति काम अरु कुनै पार्टीले गरेको छैन :  नेता सिटौला

१० पुष २०८१, बुधवार स्टार संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले मुलुकको विकासका लागि नेपाली काँग्रेसले जति काम अरु कुनैपनि पार्टीले नगरेको टिप्पणी गरेका छन् ।

 बुधबार काठमाडौंमा आयोजित नेपाली कांग्रेसको १०० दिने पार्टी सुदृढीकरण कार्यक्रममा नेता सिटौलाले देशमा भएका सबैजसो परिवर्तनको नेतृत्व नेपाली कांग्रेसले गरेको बताएका हुन् । संविधान सभाको कुरा नेपाली काँग्रेसले २००७ साल मै उठाएको उनको दाबी गरे  ।

उनले नेपाली कांग्रेसकै पहलमा जनताले प्रथम जननिर्वाचित प्रधानमन्त्री पाएको उल्ल्ेख गरे । निरंकुश राणा साशनको अन्त्यदेखि दरबारिया व्यवस्थाको विरुद्ध काँग्रेसले निरन्तर संघर्ष गरेर लोकतन्त्र ल्याइएको बताए  । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्