sevenstartv.com १९ वैशाख २०८३, शनिवार

संविधान संशोधनका लागि संयन्त्र बनाउने कांग्रेस-एमालेको निर्णय

१० पुष २०८१, बुधवार स्टार संवाददाता

काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमाले संविधान संशोधनका लागि राजनीतिक संयन्त्र बनाउने निर्णयमा पुगेका छन्  । 

दुई दलका शीर्ष नेतासहित बालुवाटारमा भएको बैठकमा संविधान संशोधनको गृहकार्य गर्न संयन्त्र गठन गर्ने र असार १७ मा दुई दलबीच भएको सातबुँदे सहमति कार्यान्वयनका लागि ठोस योजना अघि सार्ने तयारी भएको छ । कांग्रेस र एमालेले संविधान संशोधनको मूल एजेन्डा बनाएर असार १७ मा सत्ता सहकार्यको सातबुँदे सहमति गरेका थिए । सातबुँदे सहमतिको मुख्य विषय नै संविधान संशोधन गर्ने थियो ।

सहमतिको २ नम्बर बुँदामा ‘राष्ट्रिय सहमतिको सरकारले संविधान लागू भएपश्चात् अभ्यासमा देखा परेका सबल पक्ष र दुर्बल पक्ष तथा जटिलताको समीक्षा गरी राजनीतिक स्थायित्वका लागि संविधानमा आवश्यक संशोधन र तदनुकुलको कानुन निर्माणलाई प्राथमिकता दिने’ उल्लेख छ । तर यस बीचमा सत्ता गठबन्धनले संविधान संशोधन सम्बन्धमा ठोस योजना अघि सारेको छैन  ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार नै दुवै दलका प्रमुख सचेतकसहितको बैठक राखेर संविधान संशोधनको विषयमा संयन्त्र निर्माण गर्न खोजिएको जानकारी गराउँदै संसदीय समितिमा विचाराधीन विधेयकलाई ‘फास्ट ट्र्याक’ बाट अघि बढाउने दिशामा काम गर्न निर्देशन दिएका छन्।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्