एमालेको सचिवालय बैठक बस्दै
काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बने भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बिहान ११ बजे बस्ने छ ।
बैठकले केन्द्रीय कमिटी बैठक बोलाउने छ । एमालेले पुसभित्रै केन्द्रीय कमिटी बैठक बोलाउने तयारी गरेको छ । अब बस्ने केन्द्रीय कमिटी बैठकमा स्थानीय तह उपनिर्वाचन र सरकारको कामको समीक्षा हुनेछ । पार्टीको सांगठनिक कामको पनि समीक्षा गरिने जनाइएको छ ।
एमालेले वार्षिक कार्ययोजनाअनुसार काम भए, नभएकोबारे समीक्षा गर्नेछ । यसका अतिरिक्त सरकारको कामको पनि मूल्यांकन हुने एमालेले बताएको छ।
