sevenstartv.com १९ वैशाख २०८३, शनिवार

सहकारी ठगी मुद्दा : आज रविसँग बयान

९ पुष २०८१, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । कास्कीको पोखरास्थित सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा जोडिएका प्रतिवादीहरुको बयान आज पनि जारी रहने छ । जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले प्रतिवादीहरुविरुद्धको अभियोग पत्र जिल्ला अदालतमा दायर गरेसँगै हिजोबाट बयान सुरु भएको  ।

जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासमा उनीहरुको बयान हुनेछ । हिजो पहिलो दिन पूर्व डीआईजी एवं गोर्खा मिडिया नेटवर्ककका तत्कालीन सञ्चालक छविलाल जोशीको बयान भएको छ । आज पनि उनको बयान जारी रहने छ । आज उनको बयान सकिएमा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेलगायतको बयान हुनेछ ।

हिजो बयानका लागि लामिछाने, जोशी, लीला पछाई, रामबहादुर खनाल र कृष्णबहादुर गुरुङलाई बयानका लागि अदालतमा उपस्थित गराइएको थियो । अदालतका सूचना अधिकारी सुरज अधिकारीले बिहीबारसम्ममा सबैको बयान सकाएर शुक्रबारबाट थुनछेक बहस गर्ने तयारी रहेको जानकारी दिए । कास्की अदालतले सबैको सुनुवाइ सकिएपछि रवि लगायतलाई धरौटी वा साधारण तारेखमा छाड्ने वा पुर्पक्षमा पठाउने भन्नेबारे आदेश दिनेछ ।

यसअघि आइतबार सरकारी वकिलको कार्यालय, कास्कीले लामिछाने, पूर्व डीआईजी छविलाल जोशीसहित ४४ जनालाई आइतबार सहकारी ठगीको आरोपमा प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको थियो । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्