'सामाजिक सञ्जालबाट न्यायालय प्रभावित पार्न खोजियो'
काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले राष्ट्रिय स्वतन्त्र पार्टीले न्यायलयलाई प्रभावित बनाएको आरोप लगाएका छन् ।
सोमबार महान्यायाधिवक्ता कार्यालयको ७४ औं स्थापना दिवसको अवसरमा मन्त्री चौरसियाले रास्वपाप्रति लक्षित गर्दै सडक र सामाजिक सञ्जालबाट न्यायालयलार्य प्रभावित बनाएको आरोप लगाएका हुन् ।
उनले कानूनी शासनमा सय वटा दोषी छुटे पनि एउटा निर्दोष पर्नु नहुने बताए । उनले लोकतान्त्रिक व्यवस्थालाई जोगाउनु सबैको दायित्व भएको बताएका छन् ।
