आगामी निर्वाचनमा कांग्रेस एक्लैले प्रतिष्पर्धा गर्ने नेता सिटौलाको घोषणा
काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले आगामी निर्वाचनमा कांग्रेस एक्लै प्रतिष्पर्धा गर्ने बताएका छन् । सोमबार काठमाडौंमा नेपाली कांग्रेसको सय दिने विशेष अभियान अन्तर्गत काठमाडौं महानगर स्तरीय भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले आगामी निर्वाचन एक्लै लड्ने र बहुमत ल्याउने दाबी गरे । उनले अहिलेको अभियान ०८४ कै तयारीको प्रारम्भ भएको उल्लेख गरेका छन् । उनले आफूले गरेका राम्रा कामहरुको प्रचार प्रसार गर्न काँग्रेस अघि सर्नुपर्ने र कमी कमजोरीको पनि आफूले जस÷अपजस लिनुपर्ने बताए ।
उनले राजनीतिक क्षेत्रमा जनताको अधिकारका लागि गरेका संघर्षहरु जनतामाझ पुर्याउनुपर्ने बताए । जनताका अधिकार पूरा कार्यान्वयन गर्न धेरै काम गर्न बाँकी रहेको बताएका छन् ।
