विश्वमै प्रजातन्त्रको क्षयीकरण भइरहेको छ : प्रथम राष्ट्रपति यादव
काठमाडौं । नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले विश्वमा प्रजातन्त्रको क्षयिकरण भइरहेको बताएका छन् ।
काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले संसारमा २०२४ मा ठूलो ठूलो प्रजातान्त्रिक देशहरुमा निर्वाचन भएको स्मरण गरेका हुन् ।
अमेरिकामा राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएको भन्दै ३५ वटा बढी मुद्दा लागेको व्यक्ति राष्ट्रपति बन्नुले पनि प्रजातन्त्रको क्षय भइरहेको महशुस हुने उनको धारणा थियो ।
लोकतन्त्रका लागि लडेको ६० वर्ष भन्दा बढी भएपनि अझै लोकतन्त्र खतरामा छ भन्दा दुःख लाग्ने उनको भनाई छ ।
