चन्द्रागिरि–१२ का वडाध्यक्ष महर्जन पक्राउ
काठमाडौं । चन्द्रागिरि नगरपालिका-१२ का अध्यक्ष न्हुच्छेबहादुर महर्जन पक्राउ परेका छन् ।
उनलाई ठमेलस्थित हरियाली बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । प्रहरी वृत्त सोह्रखुट्टेको टोलीले उनलाई पक्राउ गरेको जनाइएको छ ।
महर्जन उक्त सहकारीका कोषाध्यक्ष हुन् ।
