sevenstartv.com १९ वैशाख २०८३, शनिवार

माओवादी सांसद्ले मागे लेखा समिति सभापतिको राजीनामा

८ पुष २०८१, सोमवार स्टार संवाददाता

काठमाडौं । नेकपा माओवादी केन्द्रले लेखा समिति सभापतिको राजीनामा मागेको छ ।

सोमबार सिंहदरबारमा बसेको लेखा समितिको बैठकमा माओवादी केन्द्रले सहकारीमा परिवार जोडिएको र लेखा समितिको सभापति प्रमुख प्रतिपक्षले पाउनु पर्ने भन्दै माओवादीले सभापतिको राजीनामा माग गरेको हो ।

बैठकमा सांसद् अमनलाल मोदीले सभापति ऋषिकेश पोखरेलले मार्ग प्रशस्त गरेर चेक एण्ड ब्यालेन्स गर्नुपर्ने बताए । सभापति पोखरेलकी पत्नी अञ्जला कोइरालासहित २६ जनाविरुद्ध मोरङको धनपालथान गाउँपालिका-३ स्थित उमागौरी कृषि सहकारी संस्थाको रकम अपचलनमा संलग्न आरोपमा मुद्दा दायर गरिएको छ ।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्