आत्महत्याका घटनालाई न्युनिकरण गर्न सरकार र केयुबीच सम्झौता, विश्वविद्यालयसँग मिलेर काम गर्दा उपलब्धी हासिल गर्न सक्ने गृहमन्त्रीको विश्वास
काठमाडौं । गृहमन्त्री रमेश लेखकले एक वर्षभित्र सरकारले आत्महत्याका घटनालाई न्युनिकरण गर्ने बताएका छन् ।
सोमबार सिंहदरबारमा गृह मन्त्रालय र काठमाडौं विश्व विद्यालय मानसिक स्वास्थ्य विभागबीच मानसिक स्वास्थ्य अध्ययन तथा अनुसन्धान सम्बन्धि समझदारी पत्रमा हस्ताक्षरपछि गृहमन्त्री लेखकले गृह मन्त्रालय र काठमाडौं विश्वविद्यालयबीच सहकार्य गरेर आत्माहत्याका घटनालाई नियन्त्रण गरी कमी ल्याउने प्रतिवद्धता जनाएका हुन् ।
उनले काठमाडौं विश्वविद्यालय मानसिक स्वास्थ्य विभागले नेपालमा आत्महत्याका घटना बढ्नुका कारण र उपायको खोजि गरी अनुसन्धान गरिने बताउनु भयो । उनले सरकारले मुलुकभित्र हुने आत्माहत्याका घटनालाई न्युनिकरण गर्ने काम गरिरहेको बताए ।
गृहमन्त्री लेखकले सरकारले अहिले गरिरहेका कामले आत्माहत्याका घटना कम नभएको भन्दै काठमाडौं विश्वविद्यालयसँग मिलेर काम गर्दा उपलब्धी हासिल गर्ने विश्वास व्यक्त गरेका छन् ।
