sevenstartv.com १९ वैशाख २०८३, शनिवार

रास्वपा बाेलायाे सचिवालय बैठक

८ पुष २०८१, सोमवार स्टार संवाददाता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दै छ ।

अपरान्ह ४ बजे सचिवालय बैठक बस्न लागेको हो । बैठकमा आइतबार सभापति रवि लामिछानेविरुद्ध करोडौं बिगो दाबीसहित रिट भएको मुद्दाको विषयमा छलफल हुने छ ।

गत कात्तिक २ गते लामिछाने पक्राउ परेपछि अहिलेसम्म रास्वपाले कार्यवहाक सभापति पनि बनाउन सकेको छैन । संसदीय दलको बैठक पनि बस्न सकेको छैन । संसदीय दलको नेता लामिछाने नै भएकाले रास्वपाले कसलाई बनाउने निर्णय गर्ने सकेको छैन ।

 बैठकमा यसै विषयमा छलफल हुने बताइएको छ ।

 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्