sevenstartv.com १९ वैशाख २०८३, शनिवार

'यौनिक तथा लैङ्गिक अल्पसख्यक समुदायहरुको अधिकारका लागि स्पष्ट कानून बन्न जरुरी छ'

७ पुष २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । पहिलो संविधान सभाका सदस्य सुनिलबाबु पन्तले यौनिक तथा लैङ्गिक अल्पसख्यक समुदायहरुको अधिकारका लागि स्पष्ट कानून बन्न जरुरी रहेको बताएका छन् ।

आइतबार महिला तथा सामाजिक मामिला समिति बैठकमा उनले स्पष्ट कानूनी व्यवस्था नहुँदा यौनिक तथा लैङ्गिक अल्पसख्यक समुदाय राज्यले दिने सबैखाले सो सुविधाबाट बञ्चित हुनुपरेको भन्दै ऐनमा तेस्रो लिङ्गी, ट्रान्सजेन्डर, पारलिंगीलाई पनि समावेश गर्नुपर्ने बताएका हुन् ।

उनले उक्त समुदायको व्यक्ति प्रतिनिधि भएर आइसकेपछि यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायलाई कुराहरु राख्न सजिलो हुने बताए । उनले निजामति ऐनमा समेत आरक्षण नभएको कारणले अल्पसंख्यक समुदाय खुलेर आउन नसकेको बताएका छन् । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्