sevenstartv.com १९ वैशाख २०८३, शनिवार

सम्पत्ति शुद्धीकरण ऐनअनुसार रवि लामिछानेको सांसद् पद निलम्बन हुने

७ पुष २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको सांसद् पद निलम्बनमा पर्ने भएका छन् । 

सम्पत्ति शुद्धीकरण ऐनअनुसार रवि लामिछानेको सांसद् पद स्वतः निलम्बन हुने भएको हो । सम्पत्ति शुद्धीकरण ९मनी लाउण्डरिङ० निवारण ऐन, २०६४ (संशोधनसहित)को दफा ९२७० बमोजिम रविको सांसद् स्वतः निलम्बन हुने भएको हो ।

‘प्रचलित कानून बमोजिम स्थापित संगठित संस्थाको कुनै पदाधिकारी वा कर्मचारी वा कुनै राष्ट्र सेवक यस ऐन बमोजिम थुनामा रहेकोमा त्यसरी थुनामा रहेको अवधिभर र निज उपर दफा २२ बमोजिम मुद्दा दायर भएकोमा सो मुद्दाको किनारा नभएसम्म त्यस्तो कर्मचारी, पदाधिकारी वा राष्ट्र सेवक स्वतः निलम्बन भएको मानिनेछ,’ ऐनमा भनिएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेमाथि २७ करोड ८९ लाख रुपैयाँभन्दा बढी गैरकानुनी रुपमा आर्जन गरेको आरोप लगाएको छ । साथै उनकी पत्नी निकिता पौडेललाई पनि मुद्दा दायर गरेको छ ।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्