जीवी राईलाई नेपाल ल्याउने प्रयत्न भइरहेको छ : गृहमन्त्री लेखक
काठमाडौं । गृहमन्त्री रमेश लेखकले गितेन्द्रबाबु राई (जीवी राई) लाई नेपाल ल्याउने प्रयत्न भइरहेको बताएका छन् । बुधबार बिहान रुपन्देहीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले यस्ताे बताएका हुन् ।
उनले संलग्नमाथि कारबाहीका लागि सरकार अघि बढिरहेको बताए । गृहमन्त्री लेखकले संघ प्रहरीको कानुन नयाँ बनाउने काम भइरहेको बताएका छन् । सशस्त्र प्रहरी ऐन पनि नयाँ बनाउने गरी सरकार अघि बढेको बताए ।
