sevenstartv.com २० वैशाख २०८३, आइतवार

२०८२ सालभित्र सडक बालबालिकाको व्यवस्थापन गरिसक्ने प्रधानमन्त्रीकाे घोषणा

२ पुष २०८१, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २०८२ सालभित्र सडक बालबालिकाको व्यवस्थापन गरिसक्ने घोषणा गरेका छन् ।

मंगलबार ललितपुर महानगरपालिकाको १०६ औँ स्थापना दिवसको अवसरमा आयोजित समारोहलाई सम्बाधन गर्दै प्रधानमन्त्री ओलीले २०८२ सालभित्र सडक मानव र सडक बालबालिकको व्यवस्थापन गर्दै सरकारले अभिभाकत्व दिने बताएका हुन् । 

उनले सडक बालबालिकाहरुको व्यवस्थापन गर्दै उनीहरुलाई यथोचित आहार र उपयुक्त शिक्षा दिएर सुयोग्य नागरिक बनाउने गरी काम गर्ने प्रतिवद्धता जनाए । वर्तमान सरकार जनताप्रति उत्तरदायी र जिम्मेवार रहेको उनको दाबी छ ।

उनले मानवीय वृत्तमा केही समस्याहरु रहेको उल्लेख गर्दै त्यस्ता समस्याहरुलाई शिक्षा र नविनतम प्रविधिहरुको प्रयोग गर्दै समाधान गर्ने बाटोमा सरकार रहेको बताएका छन् । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्