नेपाली कांग्रेस जनतालाई अधिकार दिलाउने पहिलो पार्टी हाे : उपप्रधानमन्त्री सिंह
काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपाली कांग्रेस जनतालाई अधिकार दिलाउने पहिलो पार्टी भएको बताएका छन् ।
आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले नेपाली कांग्रेस नेपालमा इतिहास बोकेको पार्टी भएको बताएका हुन् । उनले इतिहास बोकेको पार्टीको महत्वको बारेमा ख्याल राखेर अघि बढ्न पार्टीका नेता÷कार्यकर्तालाई निर्देशन दिए ।
उनले नेपाली कांग्रेसले जनतालाई अधिकार दिलाउन नेपालमा अग्रणी भुमिाका खेल्ने पार्टी भएको उल्लेख गर्दै अरु पार्टीको भन्दा जनताले बेग्लै किसिमले नेपाली कांग्रेसप्रति आशाको रुपमा हेर्ने गरेको बताएका छन् ।
