sevenstartv.com १९ वैशाख २०८३, शनिवार

रविप्रति कुनै प्रतिशोध छैन, छानबिन समितिको निर्णय कार्यान्वयन गरेका हौँ : गृहमन्त्री लेखक

३० मंसिर २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । गृहमन्त्री रमेश लेखकले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेप्रति सरकारको कुनै प्रतिशोध नरहेको बताएका छन् । नेपाल प्रेस युनियन चितवनले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सरकारले संसदीय छानबिन समितिले गरेको निर्णय कार्यान्वयन गरेको बताएका हुन्  । 

रविप्रति कानुनी रूपमा अनुसन्धान सुरु गरिएको बताउँदै उनले कानुनअनुसार भइरहेको अनुसन्धानमा प्रश्न उठाएर अनुसन्धान प्रभावित पार्न नहुने बताए । सहकारीको रकम अपचलन गर्ने सबैमाथि अनुसन्धान हुने बताउँदै उनले व्यक्ति विशेषलाई अनुसन्धान गर्ने र कसैलाई छुट दिने कुरा नहुने बताएका छन् । अपराध गर्ने मानिस सबैमाथि अनुसन्धान हुने उनको भनाइ थियो । 

गृहमनत्री लेखकले सबै दलहरूको सहमतिमा संविधान संशोधन हुने बताए । संविधान संशोधन संघीय लोकतान्त्रिक शासन व्यवस्था र समावेशितालाई बलियो बनाउनका लागि गर्न लागिएको उनले दाबी गरे । उनले भने, 'संविधान संशोधनको विषयमा प्रारम्भिक छलफल सुरु भएको छ । संशोधन दुईवटा दलले मात्रै गर्ने होइन ।'

सरकारको स्थायित्व नै कमजोर भएको अवस्थामा स्थिर सरकार गठन, भ्रष्टाचार नियन्त्रण, सुशासन, आर्थिक गतिविधिलाई अघि बढाउने, मुलुकको अर्थतन्त्र लयमा ल्याउन, विकास निर्माणलाई गति दिन नेपाली कांग्रेस र नेकपा ९एमाले० मिलेर सरकार बनेको मन्त्री लेखकले बताए । 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्