sevenstartv.com १९ वैशाख २०८३, शनिवार

एमाले राजनीति गर्न होइन, देश बनाउन बनेको हो : प्रधानमन्त्री ओली

३० मंसिर २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमाले राजनीति गर्न नभई देश बनाउनका लागि बनेको बताएका छन् ।

आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित राष्ट्रिय कार्यशालालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले भने, ‘यो राजनीति गर्न बनेको पार्टी होइन, देश बनाउन बनेको पार्टी हो ।’

उनले एमाले जन्मैदेखि एउटा महान उद्देश्य काँधमा बोकेर जन्मिएको उल्लेख गरे । देशमा सकारात्मक परिवर्तन ल्याउन र नागरिकलाई अधिकार सम्पन्न बनाउने गरी एमालेले काम गरिरहेको उनले बताए । त्यसैले जनताले परिवर्तनको अनुभूति पाउने गरी काम गर्न प्रधानमन्त्री ओलीले नेता-कार्यकर्ताहरुलाई निर्देशन दिए ।

 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्